काठमाण्डु – नेकपा एमालेले रिक्त उपाध्यक्ष पदमा गुरु बराललाई मनोनित गर्ने निर्णय गरेको छ । बिहीबार बसेको एमाले सचिवालय बैठकले बराललाई उपाध्यक्ष पदमा मनोनयन गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए । एमालेले २ नेतालाई स्थायी कमिटी सदस्यमा मनोनित गरेको छ । नेता मुकुन्द न्यौपाने र लीलानाथ श्रेष्ठलाई स्थायी कमिटी सदस्य मनोनित गरिएको महासचिव पोखरेलले बताए…