कर्णाली सरकारमा सहभागी हुँदै कांग्रेस, को–को बन्दैछन् मन्त्री ?

काठमाण्डु-माओवादी केन्द्रका मन्त्रीले राजीनामा दिएको दुई सातापछि नेपाली कांग्रेस आज कर्णाली प्रदेश सरकारमा सहभागी हुँदैछ । मुख्यमन्त्री यामलाल कँडेल नेतृत्वको प्रदेश सरकारमा कांग्रेसबाट चार मन्त्रीसहित आज सरकारमा जान लागेको हो । नवनियुक्त प्रदेश प्रमुख यज्ञराज जोशीले हिजो राष्ट्रपतिबाट शपथ लिएर आज सुर्खेत पुगेका छन् । प्रदेश प्रमुखको कार्यालयका अनुसार नयाँ प्रदेश प्रमुखको पदभार ग्रहण पछि…