यसरी ओर्लिए बङ्लादेशी महिलाहरू आन्दोलनमा

काठमाण्डु-प्रधानमन्त्री शेख हसिनाको १५ वर्ष लामो शासन ढाल्ने गरी बङ्लादेशमा भएको आन्दोलनमा ठूलो सङ्ख्यामा महिलाहरू विरोधप्रदर्शनमा सहभागी भए । ‘विरोध प्रदर्शनहरूमा महिला तथा किशोरीहरूको सहभागिता अभूतपूर्व थियो,’ ढाकास्थित नोर्थ साउथ यूनिभर्सिटीका राजनीतिशास्त्री तथा समाजशास्त्री डा. बुलबुल सिद्दिकीले भने । सरकारविरुद्ध केही प्रदर्शन आयोजना गर्न सघाएकी एकल महिला तथा व्यावसायिक बडीबिल्डर फरजाना लीओको विचारमा ठूलो स्तरमा…