हरिबोल गजुरेलसहित ७ जना नेकपाबाट निष्कासित

काठमाण्डु - नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले वरिष्ठ नेता हरिबोल गजुरेलसहित ७ जना नेताहरूलाई पार्टीबाट निष्कासन गरेको छ । पार्टीको निर्णयविरूद्ध सिन्धुलीमा बागी उम्मेदवारी दिएको आरोपमा गजुरेलसहित ७ जना नेतालाई नेकपाले एकैचोटि पार्टीबाट निस्कासन गरेको छ। 'आगामी फागुन २१ गते हुन गइरहेको आम निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट आधिकारिक उम्मेदवार रहेका निर्वाचन क्षेत्रमा पार्टीको निर्णय र…