काठमाण्डु- भारतको उडिसा राज्यको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा आइतबार नेपाली छात्रा प्रकृति लम्सालको शंकास्पद मृत्युपछि उत्पन्न तनाव कायमै छ । प्रकृतिको शंकास्पद अवस्थामा मृत भेटिएको घटना अनुसन्धानका लागि राज्य प्रहरीले फक्राउ गरेका ६ जना मध्ये ५ जनालाई जमानतमा रिहा गरेको छ । प्रकृतिसँग प्रेम सम्बन्ध रहेको भनिएका त्यही विश्वविद्यालयका भारतीय विद्यार्थी २१…