काठमाण्डु-जनैपूर्णिमाको दिन दिउँसो साढे १ बजेपछि मात्रै रक्षाबन्धन गर्न नेपाल पञ्चांग निर्णायक समितिले आग्रह गरेको छ । समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारी, कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेल तथा धर्मशास्त्र प्रमुख प्रा. डा. देवमणि भट्टराईले संयुक्त विज्ञप्ति जारी गर्दै आम नागरिकका हकमा उक्त दिन के गर्ने भनेर द्विविधा रहेको भन्दै शास्त्रमा उल्लेख भएअनुसार जानकारी दिएको जनाएका हुन्…