भारतबाट पाइपलाइनमार्फत् ग्यास ल्याउने तयारी

काठमाण्डु-भारतबाट पेट्रोल र डिजेलजस्तै एलपीजी अर्थात् खाने पकाउने ग्यास आयात गर्ने नेपालले तयारी थालेको छ । पाँच वर्षअघि पहिलो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन सञ्चालनमा ल्याएका नेपाल र भारतले ग्यास ढुवानीका निम्ति पनि त्यस्तै खालको अर्को पाइपलाइन बनाउने छलफल अघि बढाएको छ । भारतबाट नेपालमा ग्यास आयातका लागि बनाइने पाइपलाइनबारे प्रारम्भिक अध्ययन समेत दुई देशले गरेको छ…