काठमाण्डु - आज प्रतिनिधि सभाको बैठक बस्दैछ । मंगलबार संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा सभामुख देवराज घिमिरेले संयुक्त समिति अन्तर्गतको संसदीय सुनुवाई समितिमा सांसदहरूको नाम हेरफेर गर्नेछन्। त्यस्तै सभामुख घिमिरेले प्रतिनिधि सभा अन्तर्गतको विषयगत समितिहरूमा पनि सांसदहरू हेरफेर गर्ने कार्यसूची रहेको छ। आजै प्रतिनिधि सभा बैठकमा मन्त्रीहरूको प्रश्नोत्तर पनि रहेको…