कर्णाली – कर्णाली प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्रका ४ मन्त्रीहरूले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री यामलाल कँडेलसमक्ष सोमबार उनीहरूले सामूहिक राजीनामा दिएका हुन् । माओवादी केन्द्रका तर्फबाट प्रदेश सरकारमा महेन्द्र केसी आर्थिक मामिला तथा योजना, वीरबहादुर शाही सामाजिक विकास, दुर्गबहादुर रावत उद्योग, वन तथा वातावरणमन्त्री र रनसिंह परियार जलस्रोत तथा ऊर्जा विकासमन्त्री थिए ।…