काठमाण्डु – नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ । कैलाली जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका नाउपा नेपालका संरक्षक चौधरीको उम्मेदवारीमाथि दाबी विरोध भएपछि बिहीबार खारेज भएको हो । निर्वाचन अधिकृतको कार्यालयको निर्णयमा भनिएको छ, ‘नागरिक उन्मुक्ति पार्टी नेपाल (एकल चुनाव चिन्ह) का उम्मेदवार रेशमलाल…