काठमाण्डु - आईसीसी विश्वकप लिग–२मा नेपालले अमेरिकालाई जितका लागि ३१८ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३१७ रन बनाएको छ । नेपालले बनाएको यो स्कोर कीर्तिपुर मैदानमा सर्वाधिक धेरै हो। नेपालले यसअघि ओमानविरुद्ध यसै मैदानमा ३१० बनाएको थियो। साथै नेपालको एकदिवसीयमा…