दाङ– एमाले महासचिव शंकर पोखरेलले बालेन्द्र शाह नेतृत्वको सरकार लोकप्रियताको आवरणमा अधिनायकवादी बाटोमा हिंडेको आरोप लगाएका छन् ।पार्टी सम्वद्ध पत्रकारको संस्था प्रेस चौतारीले गृह जिल्ला दाङको तुलसीपुरमा बिहीबार गरेको पत्रकार सम्मेलनमा पोखरेलले लामो संघर्षबाट स्थापित लोकतन्त्र नयाँ जनादेशका नाममा अपहरित हुँदै गएको टिप्पणी गरे । ‘जान्नेलाई छान्ने’ भन्नेहरुको सरकारले बिनाप्रतिस्पर्धाको सेनाका पूर्वअधिकारीलाई भटाभट नियुक्ति दिलाएर…