आईपीएल : मुम्बईलाई हराउँदै कोलकाता छैटौँ स्थानमा पुग्यो, आज गुजरात र चेन्नई खेल्दै

काठमाण्डु - इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई ४ विकेटले हराएको छ । इडेन गार्डेन्समा बुधबार मुम्बईले दिएको १४८ रनको लक्ष्य पछ्याएको कोलकाताले १८ ओभर ५ बलमा ६ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । टस हारेर पहिला ब्याटिङ गरेको मुम्बईले ८ विकेट गुमाएर १४७ रन बनाएको थियो । कोलकाता १३ खेलमा १३…