काठमाण्डु- ललितपुरको ग्वार्कोमा निर्माणाधीन फ्लाइओभरको काम पुनः रोकिएको छ । निर्माणको अन्तिम चरणमा पुगेको भनिएको फ्लाइओभरको काम ठेकेदार कम्पनीले बीचमै छाडेका कारण माघदेखि कुनै प्रगति भएको छैन । सडक विभागले ठेकेदारसँग सम्पर्क गर्न प्रयास गरिरहेकोले आउँदो चैत महिनाभित्र काम सक्नेगरी योजना बनाइरहेको जनाएको छ । अहिले ग्वार्को फ्लाइओभर बनाउने ठाउँमा कामदार देखिदैनन् । माघ शुरु…