काठमाण्डु - गायिका एलिना चौहानले आफ्नो पर्सनल लाइफबारे पहिलोपटक मुख खोलेकी छन्। गायिका चौहानले पति विष्णु सापकोटासँग सम्बन्ध विच्छेद (डिभोर्स) का लागि शुक्रबार काठमाडौँ जिल्ला अदालतमा फिरादपत्र दर्ता गराएपछि शनिबार सामाजिक सञ्जालमार्फत उनले धारणा राखेकी हुन्। अदालतको कुरा बाहिर कसरी आउँछ थाहा छैन। तर, यसलाई ठूलो रूपमा लिएर प्रचार गर्नेभन्दा पनि इग्नोर गर्नुहोला,’ उनले भनेकी…