काठमाण्डु- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय किताबखाना (शिक्षक) छाउनी, काठमाडौंमा कार्यरत शाखा अधिकृत धनेश्वर प्रसाईसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले किताबखानाका शाखा अधिकृत प्रसाई, कार्यालय सहयोगी भवानी अधिकारी र बिचौलिया सुदर्शन न्यौपानेविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो । पेन्सनपट्टा बनाई दिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा आयोगबाट खटिएको…