रामेछाप – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले मुलुकलाई निकास दिन कांग्रेस–एमालेको संयुक्त सरकार बनेको बताएका छन् । नेकपा एमाले रामेछापले आयोजना गरेको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै ज्ञवालीले प्रचण्डको अवसरवादी चरित्रका कारण अहिलेको परिस्थिति सिर्जना भएको बताए । ‘प्रचण्डले अस्थिर राजनीतिक खेलमा खेल्ने प्रयास गरेपछि कांग्रेस र एमाले एक ठाउँमा बसेका हौं,’ उनले भने ।…