काठमाण्डु- आदिकवि भानुभक्त आचार्यको २११औं जन्मजयन्तीको अवसरमा दरबार हाइस्कुलमा रहेको उनको सालिकमा माल्यार्पण गरिएको छ। नेपाल शिक्षा परिषद्को आयोजनामा शनिबार बिहान आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति एवं वरिष्ठ साहित्यकार गंगाप्रसाद उप्रेतीले आचार्यको सालिकमा माल्यार्पण गरे। भानुभक्तको सालिकमा माल्यार्पण गर्दै पूर्वउपकुलपति उप्रेतीले नेपाली भाषाको विकास गरी नेपालीलाई एकताबद्ध गर्न आदिकविको ठूलो योगदान रहेको बताए। उनले…