काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यबाहक सभापति डोलप्रसाद अर्यालले पार्टीका समर्थकलाई सामाजिक सञ्जालमा मर्यादित र जिम्मेवार ढंगले प्रस्तुत हुन आग्रह गरेका छन् । बिहीबार बसेको केन्द्रीय समिति बैठकमा अर्यालले पार्टी समर्थकको सामाजिक सञ्जालमा देखिएको अमर्यादित अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण गराएका छन् । बैठकपछि कार्यबाहक प्रवक्ता मनिष झाले भने, ‘कार्यबाहक सभापतिज्यूले सामाजिक सञ्जालमा पार्टी समर्थकहरूको व्यवहार…