पाथीभरा केवलकार विवादमा गृहमन्त्री लेखकद्वारा ५ जिल्लाका सांसदसँग छलफल

काठमाण्डु – गृहमन्त्री रमेश लेखकले ५ जिल्लाका सांसदहरूसँग छलफल गरेका छन् । विवादित पाथीभरा केवलकारको सन्दर्भलाई लिएर उनले ताप्लेजुङ, इलाम, पाँचथर, धनकुटा र संखुवासभाका सांसदहरूसँग छलफल गरेका छन् । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केवलकार बन्ने भएपछि स्थानीयले विरोध गरिरहेका छन् । विवाद चर्किएर पटक–पटक झडपको स्थिति उत्पन्न भएको छ ।