देशका अधिकांश स्थानमा वर्षा

काठमाण्डु-काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा रातिदेखि नै पानी परिरहेको छ । पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै पाल्पा, चितवन, तनहुँ, गोरखा र नवलपुरमा ९० मिलिमिटरभन्दा धेरै पानी परेको छ । लगातार र ठूलो पानी परेका ठाउँका नदी, खोलाहरुमा बाढी आएको छ । नारायणी र मर्स्याङ्दी नदीले सतर्कता तह पार गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।…