काठमाण्ड- जनता समाजवादी पार्टी (जसपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको छ । बिहीबार बसेको जसपाको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको हो । शुक्रबार बस्ने संसद बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने भएका छन् ।