काठमाण्डु – पूर्व प्रधानमन्त्री केपी ओलीका सुरक्षा गार्ड इन्स्पेक्टर उमेश थापाको मृत्यु भएको छ । सुरक्षा गार्ड सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) थापाको शनिबार बिहान भक्तपुरको गुण्डुस्थित निवासमै मृत्यु भएको ओलीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । शुक्रबार साँझ ड्युटी सकेर घर गई सुतेका थापा बिहान मृत फेला परेका थिए । ओलीले लेखेका छन्, ‘धेरै नबोल्ने…