सरकारी जंगल व्यक्तिको नाममा दर्ता गरेको मुद्दामा ८ जना दोषी ठहर

काठमाण्डु – विशेष अदालतले कैलालीको साविक नारायणपुर–८ स्थित १५ बिघा सरकारी जंगल व्यक्तिका नाममा दर्ता गरेको अभियोगमा ८ जना दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुवर र न्यायाधीशहरू मुरारीवावु श्रेष्ठ र विदुर कोइरालाको इजलासले प्रतिवादी ८ मध्ये ४ जनालाई मुख्य अभियुक्त र ४ जनालाई मतियार ठहर गरेको छ । फिल्डबूकमा जंगल कायम…