संसद्को हिउँदे अधिवेशन माघ १८ गते बोलाउन सिफारिस गर्ने सरकारको निर्णय

काठमाण्डु – सरकारले संघीय संसद्को हिउँदे अधिवेशन माघ १८ गते बोलाउन सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले माघ १६ गते संघीय संसद्का दुवै सदनको बैठक बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । माघ १८ गते शुक्रबार दिउँसो १ बजे अधिवेशन आह्वान गर्न सिफारिस गरिएको एक मन्त्रीले जानकारी दिए…