काठमाण्डु – नेकपा (एकीकृत समाजवादी)को दशौँ महाधिवेशनमा आजदेखि नेतृत्व चयनको प्रक्रिया सुरु भएको छ । काठमाडौंको प्रज्ञाभवनमा भइरहेको महाधिवेशनमा नेतृत्वका लागि चुनावी प्रक्रिया अघि बढाउनु अघि सहमतिको प्रयास भइरहेको छ । नेतृत्वमा सहमति जुटाउनका लागि बुधबार रातिबाट प्रयास सुरु भएको हो । अध्यक्षमा दाबी गरिरहेका वर्तमान अध्यक्ष माधवकुमार नेपाल, महासचिव घनश्याम भुसाल र सम्मानित नेता…