काठमाण्डु- सिन्धुलीमा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाडौंबाट जनकपुर जाँदै गरेको बा ३ ख ८४४५ नम्बरको हायस माइक्रोबस सुनकोशी गाउँपालिका–६ कानढुंग्रे भन्ने स्थानमा गएराति दुर्घटना हुँदा धनुषाको जनकपुर उपमहानगरपालिका वडा नम्बर–१० का ५० वर्षीय निर्मल गुप्ताको मृत्यु भएको हो । गुप्ताको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले…