प्रहरी सरुवा : कांग्रेससँग पालाको पैँचो फेर्दै रास्वपा

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रहरीका अधिकृतहरूको सरुवामा नेपाली कांग्रेससँग पालाको पैँचो फेरेको छ । रास्वपा सत्तामा हुँदा सभापति रवि लामिछानेले गृह मन्त्रालयको नेतृत्व सम्हालेका थिए । त्यतिबेला प्रतिनिधि सभा सदस्य रहेका नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एक प्रहरी निरीक्षकको सरुवामा प्रश्न उठाउँदै के कारणले समयावधि नपुग्दै सरुवा गरिएको हो भन्दै सोधेका थिए ।…