काठमाण्डु – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुम पूर्वबाट उम्मेदवारी दर्ता गराएका छन् । उनले शहीद पुत्रको प्रस्तावमा रूकुम पूर्वबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका हुन् । बाजा गाजासहित रुकुम पूर्वबाट मनोनय दर्ता गरेपछि उनले सम्बोधन समेत गरेका छन् । शहीद लक्षीराम केसी ‘पवन’का छोरा जीवन खड्का प्रचण्डको मनोनयन पत्रमा प्रस्तावक बनेका छन्…