परराष्ट्रमामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशकमा ताम्राकार

काठमाण्डु - सरकारले परराष्ट्रमामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशकमा रोजिना ताम्राकारलाई नियुक्त गरेको छ । सरकारी थिंक ट्यांकको रूपमा रहेको यो प्रतिष्ठनको कार्यकारी निर्देशकमा परराष्ट्र मन्त्रालयले सहसचिव ताम्राकारलाई हालै नियुक्त गरेको हो । २०६९मा परराष्ट्रको शाखा अधिकृत बनेकी कार्यकारी निर्देशक ताम्राकार यसअघि क्यानाडा र ओमानमा कार्यवाहक राजदूतको रूपमा काम गरेकी छिन् । १९९३ मा स्थापना भई…