काठमाण्डु – ऊर्जामन्त्री दीपक खड्काले नेपालमा भएका स्रोतको सही सदुपयोग गर्नुपर्ने बताएका छन् । बिहीबार कर्पोरेट नेपालको वार्षिकोत्सवको अवसरमा आयोजित ‘कर्पोरेट लिडर्स क्यारिकेचर २०२५’ कार्यक्रममा बोल्दै उनले नेपालसँग प्रशस्त स्रोत भएको र सही सदुपयोग गर्नुपर्ने बताए । ‘हामीसँग स्रोत छ, स्रोतको सही परिचालन र सदुपयोग गर्नुपर्नेछ । जिम्मेवारीमा बसेर काम गर्न सक्यौं भने हाम्रा तमाम…