भैरहवामा फ्लाई दुबईले पुनः उडान थाल्यो, जजिरा र थाई एयर एसियाले ३१ जनवरीबाट गर्ने

काठमाण्डु – गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (भैरहवा) मा भिजिबिलिटी समस्याका कारण उडान रोकेको फ्लाई दुबईले १३ जनवरी (पुस २९) बाट उडान सुरु गरेको छ । १५ डिसेम्बरदेखि उडान रोकेको फ्लाई दुबईले पुस २९ गतेदेखि दैनिक एउटा उडान सुरु गरेको नेपाल नागरिक उड्ड्यन प्राधिकरण (क्यान) का सूचना अधिकारी ज्ञानेन्द्र भूलले जानकारी दिए । सूचना अधिकारी भूलले ३१…