काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मेसिनबाट धान रोपेका छन् । धान दिवसको अवसरमा आज चितवनको सौराहास्थित बच्छौलीमा पुगेर प्रधानमन्त्री प्रचण्डले मेसिनबाट धान रोपेका हुन् । धान रोपाइमा बाजागाजा बजाइएको थियो । सोही क्रममा प्रधानमन्त्री प्रचण्डले किसानलाई मल र बीउको अभाव हुन नदिने प्रतिबद्धता जनाएका छन् । धानको उत्पादन बढाउनलाई यान्त्रिकीकरण र व्यवसायीकरणमा जोड दिंदै सरकारले…