विवादित व्यक्तिहरूलाई सार्वजनिक पदमा नियुक्त नगर्न मानवअधिकार आयोगको निर्देशन

काठमाण्डु – राष्ट्रिय मानवअधिकार आयोगले विवादित व्यक्तिहरूलाई सार्वजनिक पदमा नियुक्त नगर्न सरकारलाई निर्देशन दिएको छ । आयोगका प्रवक्ता सहसचिव डा. टीकाराम पोखरेलले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘लोकतन्त्रको भावना र संविधानको मर्म विपरीत हुने गरी विभिन्न विषयमा विवादमा आएका व्यक्तिहरूलाई सार्वजनिक निकायमा नियुक्ति नगर्न/नगराउन आयोग नेपाल सरकार लगायत सम्बन्धित निकायलाई निर्देशन गर्दछ ।’…