काठमाण्डु – दुबईमा सांगीतिक कार्यक्रममा जान लागेका गायक राजेशपायल राईलाई एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइदिएको छ । राई फ्लाई दुबईबाट दुबई जान लागेका थिए । तर, अत्यधिक मदिरा सेवन गरेर बोडिङ पास भएपछि जहाजमा होहल्ला गरेका कारण फ्लाई दुबईले प्रहरीको जिम्मा लगाएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजीपी) राजदत्त जोशीले जानकारी दिए…