ईयु र युक्रेनबीच सुरक्षा सम्झौतामा हस्ताक्षर

काठमाण्डु-युरोपेली संघ (ईयु) र युक्रेनले सुरक्षा सम्झौता हस्ताक्षर गरेका छन् । ब्रसेल्समा भएको युरोपेली परिषद् शिखर सम्मेलनमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युरोपेली परिषद्का अध्यक्ष चार्ल्स मिसेल र युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयेनसँगै सुरक्षा सम्झौतामा हस्ताक्षर गरेका हुन् । सम्झौता पछि ईयुले युक्रेनको रक्षा गर्न र रुससँगको युद्धका बेला आवश्यक हतियार, सैन्य प्रशिक्षण र…