काठमाण्डु-नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक आज बस्दैछ । आज दिउँसो केन्द्रीय कार्यालयमा बस्ने बैठकमा महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक, समाजवादी कार्यक्रम, विधान र साङ्गठनिक दस्तावेजको टुङ्गो लगाइने एकीकृत समाजवादीले जनाएको छ । बैठकले पार्टीको आसन्न दशौँ राष्ट्रिय महाधिवेशनको तयारी,विभिन्न दस्तावेज अनुमोदन तथा प्रतिनिधिको नामवली स्वीकृत, मातहतका कमिटीको कार्य प्रगतिको समीक्षा गर्ने बताइएको छ । काठमाडौँको कमलादीस्थित…