काठमाण्डु– इजरायल–हमास युद्ध अन्त्य गर्ने उद्देश्यले १५ महिनापछि वार्ता हुने भएको छ । वार्ता को ‘अन्तिम चरण’ मङ्गलबार कतारमा सुरु हुने एएफपी स्रोतले बताएको छ । “आज दोहामा अन्तिम चरणको वार्ता हुने अपेक्षा गरिएको छ”, वार्ताको संवेदनशीलताका कारण नाम नछाप्ने सर्तमा बोल्दै स्रोतले एएफपीलाई भन्यो, “मङ्गलबारको बैठक सम्झौताको बाँकी विवरणलाई अन्तिम रूप दिने उद्देश्यले गरिँदैछ…