काममाण्डु – सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई धरौटीमा छाड्ने कास्की जिल्ला अदालतको आदेशविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय कास्की पुनरावेदनमा जाने भएको छ । सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा बिहीबार जिल्ला अदालत कास्कीले रविसहित ७ प्रतिवादीलाई धरौटीमा छाड्ने आदेश दिएको थियो । न्यायाधीश नीतिज राईले सबै प्रतिवादीलाई धरौटीमा…