काठमाण्डु – पार्टीको केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०८७ माघमा संविधान संशोधन हुने अभिव्यक्ति दिएपछि सत्ता राजनीति तरङ्गित बनेको छ । कांग्रेस–एमालेबीच नयाँ सत्ता गठबन्धन निर्माण हुनुको प्रमुख आधार संविधान संशोधन थियो । तसर्थ प्रतिनिधि सभाको यसै कार्यकालमा संविधान संशोधन गर्ने गरी बहस चलिरहेको अवस्थामा प्रधानमन्त्री ओलीले प्रतिनिधि सभाको…