काठमाण्डुको ढलमा देखियो पोलियो भाइरस

काठमाण्डु – राजधानी काठमाण्डुको ढलमा पोलियो जीवाणु (भाइरस) देखिएको छ । स्वास्थ्य सेवा विभागले शुक्रबार आयोजना गरेको ‘पोलियो रोग र निगरानी’ विषयक अन्तरक्रिया कार्यक्रममा विभागका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले काठमाण्डुको टुकुचा खोला र बागमती नदीको संगमस्थल टेकुको ढलमा पोलियो जीवाणु भेटिएको बताए । २ नदीको संगमस्थलबाट संकलन गरिएको ढलको नमूनामा पोलियो…