आइतबारसम्म देशभर मनसुन फैलिएर भारी वर्षा हुने, सतर्कता अपनाउन आग्रह

काठमाण्डु- आगामी आइतबारसम्म देशभर मनसुन फैलिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाकी मौसमविद् प्रतिमा मानन्धरका अनुसार आजसम्म मनसुन मुलुकको पूर्वी भू-भाग हुँदै लुम्बिनी प्रदेशसम्म पुगेको छ। सामान्यतया जुन १३ मा मनसुन नेपाल भित्रिने भए पनि यस वर्ष जुन १० मा मनसुन मुलुकको पूर्व क्षेत्रबाट भित्रिन सुरु गरेको थियो।…