काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्यान्ड र जर्मनीको भ्रमण सकेर बुधबार स्वदेश फर्किएका छन् । राष्ट्रपति पौडेल जर्मनीको वर्लिनबाट कतारको दोहा हुँदै आज स्वदेश फर्किएका हुन् । स्वीट्जरल्यान्ड र जर्मनी भ्रमणका लागि जेठ २९ गते त्यसतर्फ प्रस्थान गरेका राष्ट्रपति नौ दिन लामो भ्रमण सकेर स्वदेश फर्किएका हुन् । राष्ट्रपति पौडेललाई त्रिभुवन विमानस्थलमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख,…