काठमाण्डु– नेपाली कांग्रेसका नेता शेखर कोइराला बेलायत प्रस्थान गरेका छन्।कोइराला बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बेलायत प्रस्थान गरेका हुन्। कोइरालाले बेलायतको संसद भवन (वेस्ट मिन्स्टर) मा आयोजना हुने कार्यक्रममा सहभागी हुन आफू त्यसतर्फ जान लागेको बताएका छन्। यही पुस २९ गते वेस्ट मिन्स्टरमा कार्यक्रम हुँदैछ । बेलायतमा रहँदा आफूले लेबर पार्टीका मन्त्री, सांसद र विपक्षी…