काठमाण्डु- सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको निवेदनमा दुवै पक्षलाई छलफलमा बोलाएको छ। हितेन्द्रदेवले बिहीबार दायर गरेको रिटमा न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले प्रारम्भिक सुनुवाइपछि दुवैलाई छलफलमा बोलाएको हो। हितेन्द्रले आफूले ४ वर्षअघि दिएको रिट निवेदनमा निर्णय नगरी कुलमान घिसिङको निवेदनमा कारबाही नगर्न माग गरेका थिए । आजै न्यायाधीश मुसलमानको इजलासले कुलमान…