विद्यालयका लेखापाल ६५ हजार घुससहित पक्राउ

काठमाण्डु – नवलपरासी पश्चिमको पाल्हिनन्दन गाउँपालिका–५ स्थित राजनारायण माध्यमिक विद्यालयका लेखापाल र विद्यालय व्यवस्थापन समितिका सदस्य ६५ हजार घुससहित पक्राउ परेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोग बुटबलबाट खटिएको टोलीले घुस लिइरहेको अवस्थामा २ जनालाई रङ्गेहात पक्राउ गरेको छ । पक्राउ पर्नेमा विद्यालयका लेखापाल सुरेश गुप्ता र विद्यालय व्यवस्थापन समितिका सदस्य सुरेन्द्र प्रसाद कहार छन्…