गोरखामा बाबुराम भट्टराईलाई रास्वपाको समर्थन !

काठमाण्डु - गोरखा–२ बाट निर्वाचन लड्ने तयारी गरेका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूलाई यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समर्थन गर्ने दाबी गरेका छन् । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का संरक्षक रहेका भट्टराईले आफूलाई गोखरा–२मा रास्वपाको सहयोग पनि रहने बताए । गोरखा बजारमा सोमबार पत्रकारहरूसँग कुराकानी गर्दै उनले आफूले रुपान्तरणकारी र सेवाको राजनीति गरेको बताए…