गृह मन्त्रालयद्वारा ‘रेड एड्भाइजरी’ जारी भएका दिन रात्रिकालीन सवारी चलाउन नदिने निर्णय

काठमाण्डु – गृह मन्त्रालय उच्च जोखिमको सूचना जारी भएका दिन तोकिएका जिल्लाहरूमा रात्रिकालीन सवारी चलाउन नदिने निर्णय गरेको छ । शुक्रबार गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखामा बसेको बैठकले जल तथा मौसम विज्ञान विभागबाट ‘रेड एड्भाइजरी’ जारी भएका जिल्ला र क्षेत्रहरूमा तत्‌तत् दिनमा रात्रिकालीन सवारी नचलाउने निर्णय गरेको महाशाखा प्रमुख डा. भीष्मकुमार भूसालले जानकारी…