भुक्तानी नदिएपछि रोकियो स्मार्ट ड्राइभिङ लाइसेन्स प्रिन्ट

काठमाण्डु – सवारी स्मार्ट लाइसेन्स छपाइ बन्द भएको छ । नेपालमा लाइसेन्स छाप्न मेसिन ल्याएको कम्पनीले वारेन्टीपछिको पैसा माग्दै हिजोबाट मेसिन नै बन्द गराएपछि लाइसेन्स प्रिन्ट रोकिएको हो । शनिबार करिब ४ हजार कार्ड छाप्ने तयारी रहेको बेलामा भुक्तानी माग्दै कम्पनीले कार्ड छाप्ने मेसिनलाई सफ्टवेयरमार्फत आटोमेटिक बन्द गराएपछि अहिले नयाँ लाइसेन्स छाप्ने काम रोकिएको हो…