वर्तमान सरकारमा एमाले आफैं प्रतिपक्षजस्तो : खनाल

काठमाण्डु–नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले अहिले कसैसँग पनि पार्टी एकता नहुने बताएका छन् । सिमरा विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता खनालले एमालेसँग पार्टी एकता हुँदैछ भन्ने कुरा हल्लामात्रै रहेको बताएका हुन् । उनले अहिले पार्टी महाधिवेशनमा अगाडि बढेको बताउँदै अब नयाँ कार्यदिशा, नीति र सिद्धान्तका साथ अगाडि बढ्ने बताए…